शाहरुख र रानीले जिते पहिलो पटक राष्ट्रिय अवार्ड

शाहरुख र रानीले जिते पहिलो पटक राष्ट्रिय अवार्ड

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार ७१ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा भएको छ। यस वर्ष उत्कृष्ट अभिनेताको अवार्ड शाहरुख खान र विक्रान्त मैसीले संयुक्त रूपमा प्राप्त गरेका छन्। शाहरुखलाई ‘जवान’ र विक्रान्तलाई ‘12th फेल’ का लागि सम्मानित गरिएको हो।

रानी मुखर्जीले ‘मिसेज चटर्जी भर्सेस नर्वे’ फिल्मबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन्। शाहरुख, विक्रान्त र रानी तीनै जना पहिलो पटक राष्ट्रिय अवार्ड विजेता बनेका हुन्।

एक्शन-थ्रिलर फिल्म ‘जवान’मा डबल रोलमा देखिएका शाहरुख खान र बायोपिक ड्रामा ‘12th फेल’मा मुख्य भूमिका निर्वाह गरेका विक्रान्त मैसीलाई यो वर्षको उत्कृष्ट अभिनेताको सम्मान दिइएको हो। ‘12th फेल’ फिल्म भारतीय प्रशासनिक सेवा (आईपीएस) अधिकृत मनोज कुमार शर्मा र उनकी पत्नी आईआरएस अधिकृत श्रद्धा जोशीको जीवन कथाबाट प्रेरित छ।

अभिनेत्री रानी मुखर्जीको तीन दशक लामो अभिनय यात्रामा यो उनको पहिलो राष्ट्रिय फिल्म पुरस्कार हो। ‘मिसेज चटर्जी भर्सेस नर्वे’ एक साँचो घटनामा आधारित कानुनी ड्रामा हो, जुन सागरिका चक्रवर्तीको आत्मकथा द जर्नी अफ अ मदर मा आधारित छ। फिल्ममा रानीले सागरिकाको भूमिका निर्वाह गरेकी छन्, जसलाई आशिमा छिब्बरले निर्देशन गरेकी हुन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   10   =  

Protected by Spam Master