बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिह लामाद्वारा राजीनामा

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिह लामा तामाङ्ले मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्नु भएको छ । हेटौडामा आज आयोजित पत्रकार सम्मेलनमा उहाले आफूले पदबाट राजीनामा दिएको बताउनु भएको हो ।
उहाले भोलि नै आफूले प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउने पनि उल्लेख गर्नु भयो । यसैबीच प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि आहवान गरेपछि नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले आफूले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने बताउनु भएको छ ।
२०८१ साउन ९ गते मुख्यमन्त्रीमा सपथ लिनु भएका बहादुर सिंह लामाले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज पदबाट राजीनामा दिनु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको उहाले जानकारि दिनु भयो ।
मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण पनि सुनाउनु भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ ३, आईतवार १६:१५एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३, आईतवार १०:३४कङ्गोमा नयाँ इबोलाको प्रकोपः ८० जनाको मृत्यु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान








