एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्ष

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गर्नुभएको छ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिनुभयो ।
उहाँका अनुसार एमाले विधान २०४९ (संशोशन २०७८)को धारा २१ को उपधारा(२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष गर्ने काम गर्ने उल्लेख छ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ ३, आईतवार १६:१५एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३, आईतवार १०:३४कङ्गोमा नयाँ इबोलाको प्रकोपः ८० जनाको मृत्यु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान








