‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित

काठमाडौं । नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित गरिएको छ । गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको उक्त फिल्म सोमबारदेखि हलहरूबाट हटाइने निर्माण पक्षले जनाएको छ ।
रेबेल फिल्म्स प्रा.लिको ब्यानरमा निर्माण भएको सो फिल्मलाई हलहरूले पर्याप्त शो समय नदिएको भन्दै निर्माण पक्षले प्रदर्शन रोक्ने निर्णय लिएको हो । आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा दर्शकको सकारात्मक प्रतिक्रिया आए पनि अधिकांश हलहरूले उपयुक्त शो समय नदिएकाले प्रदर्शन स्थगित गर्नुपरेको जनाइएको छ ।
“बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शो समय नपाएको हुँदा यस्तो कठोर निर्णयमा पुग्नुपरेको हो,” विज्ञप्तिमा उल्लेख छ । साथै, निर्माण पक्षले फिल्मको प्रदर्शन स्थगनले दर्शकमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।
निर्देशक विभोर पोखरेलको निर्देशनमा बनेको उक्त फिल्मले वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका नेपालीहरूको जीवन संघर्ष र भोगाइलाई समेटेको छ ।
फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर र विशाल थापाको अभिनय रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार १५:४४नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार ११:०२आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह








