प्याब्सनद्वारा स्याङ्जामा अनिवार्य पाँच विषयका शिक्षक तालिम सम्पन्न

पोखरा । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) स्याङ्जा जिल्ला कार्यसमितिको आयोजनामा असार ७ गतेदेखि साउन १७ गतेसम्म अनिवार्य पाँच विषय—नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक अध्ययन—का शिक्षकहरूलाई लक्षित गरी विशेष तालिम सम्पन्न भएको छ।
विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रवर्द्धन र माध्यमिक तहका शिक्षकहरूको विषयगत दक्षता अभिवृद्धि गरी सिकाइ उपलब्धि १०० प्रतिशत पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको प्याब्सनले जनाएको छ।
प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारले शिक्षकहरूको निरन्तर क्षमता विकासलाई अत्यावश्यक भन्दै भने, विद्यार्थीहरूको सिकाइ शैलीमा भइरहेका परिवर्तनहरूलाई ध्यानमा राख्दै शिक्षकको पठनपाठनलाई अझ प्रभावकारी र आधुनिक बनाउनु हाम्रो लक्ष्य हो। यसले विद्यार्थीहरूको शैक्षिक प्रगति र स्तरमा सकारात्मक प्रभाव पार्नेछ।
तालिम तीन चरणमा सम्पन्न भएको थियो । असार ७ गते वालिङमा सम्पन्न वालिङमा सम्पन्न पहिलाे चरणकाे तालिममा निमा प्रकाशन र अस्मिता इन्टरप्राइजेजको सहजीकरणमा अंग्रेजी, विज्ञान र नेपाली विषयका करिब २०० शिक्षकलाई विद्यार्थी केन्द्रित शिक्षण विधि र प्रभावकारी शिक्षण सामग्री प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको थियो।
साउन ९ गते स्याङ्जामा एलाइड प्रकाशनको सहजीकरणमा गणित विषयमा तालिम सञ्चालन भयो। गणित विशेषज्ञ शुषिल खनालले प्रशिक्षण दिएका थिए भने एलाइड प्रकाशनका प्रमुख कार्यकारी अधिकृत बिनोद उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए ।
तेस्रो तथा अन्तिम चरण साउन १७ गते भिरकोट सिटी हलमा सम्पन्न भयो। गिनिज प्रकाशनको सहजीकरणमा सामाजिक अध्ययन विषयमा करिब १५० शिक्षकले समसामयिक विषयवस्तु र आधुनिक शिक्षण प्रविधिका विषयमा दक्षता अभिवृद्धि गर्ने अवसर प्राप्त गरे।
कार्यसमिति सदस्य स्मृति काफ्लाका अनुसार, तालिमको मूल उद्देश्य शिक्षकहरूलाई प्रश्नपत्र निर्माण, मूल्याङ्कन प्रणाली, र प्रभावकारी शिक्षण विधिमा दक्ष बनाउनु थियो। साथै, विषयगत सिकाइ उपलब्धिमा सुधार ल्याई विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रभावकारी कार्यान्वयनमा योगदान पुर्याउने लक्ष्य राखिएको थियो।
कार्यक्रम प्याब्सन स्याङ्जाका अध्यक्ष गोदारको नेतृत्वमा सम्पन्न भएको थियो भने सचिव हरिप्रसाद अर्यालले सम्पूर्ण व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सम्हालेका थिए । तालिममा प्याब्सन स्याङ्जाका पदाधिकारीहरू, सम्बन्धित प्रकाशन संस्थाका प्रतिनिधिहरू तथा जिल्लाभरिका निजी विद्यालयका शिक्षकहरूको गरिमामय उपस्थिति रहेको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19194, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार १९:१६पत्रकारका लागि साइबर सुरक्षा सम्बन्धीे तालिम
समाचार२०८२ फाल्गुन १०, आईतवार १२:०५भुजेल समाज सेवा पाेखराद्वारा माइन्युट लेखन, उद्घोषण तथा नागरिक सचेतना तालिम सम्पन्न
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२४१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त







