बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं – विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित ६ जना विरुद्धको मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो ।अदालतले लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई भने सफाइ दिएको छ ।
अदालतले थापालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा पनि दोषी ठहर गरेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण २२, बुधबार २१:४४बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर
राजनीति२०८२ श्रावण २२, बुधबार २०:३९बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण
समाचार२०८२ श्रावण २२, बुधबार १९:००रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण २२, बुधबार १७:४९गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन « रिपोर्टर्स नेपाल