अन्तरराष्ट्रिय तेक्वान्दोमा वैभवीद्वारा नेपालाई स्वर्णपदक

काठमाडौँ, २५ साउन । थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेकी छिन् । यही साउन २४ र २५ गते भएको उक्त प्रतियोगितामा विभिन्न २७ राष्ट्रका करिब चार हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
थाइल्याण्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा १० वर्षीय वैभवीले फिलिपिन्स र थाइल्याण्डका खेलाडीलाई पछि पार्दै स्पीड किकमा स्वर्ण पदक जितेकी हुन् । क्योरोगी विधामा वैभवी सेमिफाइनलमा थाइल्याण्डसँग पराजित हुँदै कास्य पदकमा सिमित रहिन् । त्यसैगरी, पुम्से विधामा दुई राउण्ड जित हासिल गर्दै कास्य पदक हात पारिन् । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा
खेलकुद२०८२ आश्विन २९, बुधबार ०७:३६आज ओमानविरुद्ध भिड्दै नेपाल « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २८, मंगलवार २०:३०प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट
समाचार२०८२ आश्विन २८, मंगलवार १५:२६कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई