अन्तरराष्ट्रिय तेक्वान्दोमा वैभवीद्वारा नेपालाई स्वर्णपदक

काठमाडौँ, २५ साउन । थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेकी छिन् । यही साउन २४ र २५ गते भएको उक्त प्रतियोगितामा विभिन्न २७ राष्ट्रका करिब चार हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।
थाइल्याण्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा १० वर्षीय वैभवीले फिलिपिन्स र थाइल्याण्डका खेलाडीलाई पछि पार्दै स्पीड किकमा स्वर्ण पदक जितेकी हुन् । क्योरोगी विधामा वैभवी सेमिफाइनलमा थाइल्याण्डसँग पराजित हुँदै कास्य पदकमा सिमित रहिन् । त्यसैगरी, पुम्से विधामा दुई राउण्ड जित हासिल गर्दै कास्य पदक हात पारिन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ११, सोमबार १४:०६विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ११, सोमबार १०:१८‘आ बाट आमा २’ को अभिनेत्रीमा रिस्ता
समाचार२०८३ जेष्ठ ११, सोमबार ०७:५४सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
खेलकुद२०८३ जेष्ठ १०, आईतवार २३:५७कप्तानबाट रोहित ‘आउट’, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा









