नर्दर्न टेरिटोरी स्ट्राइकरले नेपाललाई दियो १७८ रनको लक्ष्य

काठमाडौँ, ३० साउन । अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलामा अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरले नेपाललाई जितका लागि १७८ रनको लक्ष्य दिएको छ ।
अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड २ जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नर्दर्न टेरिटोरी स्ट्राइकरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनाएको हो ।
नर्दर्न टेरिटोरी स्ट्राइकरका लागि ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यसैगरी टम एन्ड्रयुजले अविजित ३२ रन जोडे भने जोर्डन सिल्कले १९ रन बनाए । कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ तथा जेक वेदराल्डले ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने शाहब आलमले दुई विकेट झारे । त्यस्तै गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले समान एक÷एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








