‘होस्टेल ३’ अब भारतका ५० भन्दा बढी हलमा प्रदर्शन हुने

काठमाडौं । नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शन भएको नेपाली चलचित्र ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ। सशान कँडेलको निर्देशनमा बनेको यो चलचित्र आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन हुने भएको हो।
भारतमा यसको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन्। नेपालमा असाधारण रूपमा सफल भएपछि भारतीय गोरखा समुदायको बाक्लो उपस्थितिका कारण सिक्किम–दार्जिलिङ क्षेत्रका हलमा यसको उच्च माग रहेको बताइन्छ।
यस चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहेको छ। क्याम्पस जीवनका उतार–चढाव, प्रेम, मित्रता र सङ्घर्षलाई मुख्य विषय बनाएर तयार गरिएको यस चलचित्रले युवापुस्तामाझ विशेष चर्चा पाएको छ।
चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा हुन्। निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल र कुन्दन गुप्ता रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को









