शिक्षासेवी तथा समाजसेवी नीलकण्ठ बास्तोलाको निधन

पोखरा । पोखरा–११, फूलबारी निवासी शिक्षासेवी तथा समाजसेवी नीलकण्ठ बास्तोलाको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।
पिता भीमप्रसाद बास्तोला र माता नन्दकला बास्तोलाका २ छोरामध्ये कान्छा सुपुत्रको रुपमा उनको जन्म २००५ साल मंसिर १५ गते भएको थियो । जेठा छोरा पिताम्बर शर्मा बास्तोलाको यसअघि निधन भइसकेको छ । उनी पोखरा–११ मा वडाध्यक्ष समेत भएका थिए ।
शिवशक्ति मावि, फूलबारीमा २०२४ सालदेखि २०५५ सम्म निरन्तर ३१ वर्ष शिक्षक रहेर सेवा पुर्याएका बास्तोला दीर्घसेवा पदकबाट सम्मानित भएका थिए । साथै, उनले रामेश्वर मन्दिर व्यवस्थापन समितिको सचिव र सल्लाहकार रहेर सेवा गरेका थिए ।
विभिन्न क्षेत्रमा क्रियाशील उनी शिवशक्ति माविबाट आयोजित ज्ञानमहायज्ञ–२०६६ र विशेष समारोह–२०७३ मा सम्मानित भएका थिए । यसैगरी, कन्या क्याम्पसबाट आयोजित ज्ञानमहायज्ञ–२०७३ र भाष्कर मेमोरियल स्कुल रजतजयन्ती समारोह–२०७५ मा सम्मानित भएका थिए।
स्व. बास्तोलाका धर्मपत्नी, एक छोरा र चार छोरी छन् । पाँच छोरीमध्ये जेठी छोरीको निधन भइसकेको छ।
छोरातर्फ १ नाति, १ नातिनी र १ पनातिनी छन् । छोरीहरुतर्फ ४ नाति, ३ नातिनी रहेका छन् ।
स्व. बास्तोलाको शुक्रबार बिहान ८ बजे फूलबारीस्थित निवासबाट शवयात्रासहित मणिपाल पछाडि रिठ्ठाघाटमा अन्येष्टि गरिने परिवारजनले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









