बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित

काठमाडौँ- अष्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । डार्बिनको मरारा क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपाल बंगलादेश ए संग ३२ रनले पराजित भएको हो ।
१ सय ८७ रनको लक्ष्य सहित जवाफी ब्याटीङ गरेको नेपाल निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रनमा समेटियो । नेपालका लागी कुशल मल्लले सर्वाधिक ५९ रन बनाए । यसअघि टस जितेर ब्याटीङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रनको योगफल बनाएको थियो ।
लगातार पराजित भएको नेपाल सिरिजको पहिलो खेलमा पनि नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको थियो । अव तेस्रो खेलमा नेपालले सोमबार मेलबर्न स्टार्ससँग खेल्नेछ भने चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग








