प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट विदेश सचिव विक्रम मिस्रीले भारतको औपचारिक भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

नेपालको २ दिने औपचारिक भ्रमणका क्रममा नेपाल रहनु भएका विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका आज भारत भ्रमणको औपचारिक निम्तो दिनुभएको हो ।

भ्रमणको आज पहिलो दिन विदेशसचिव मिस्री उच्चस्तरीय भेटघाटमा व्यस्त रहनुभयो ।

विदेश सचिव मिस्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नुभयो ।

यसैगरी, नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शिर्ष नेताहरुसँग पनि विदेश सचिव मिस्रीले भेट गर्नुभयो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   6   =  

Protected by Spam Master