प्रजातन्त्रमा प्रतिशोधको राजनीति हुँदैन : मन्त्री अधिकारी

धादिङ, भाद्र ०२ गते ।
बागमती प्रदेश सरकारका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले प्रजातन्त्रमा प्रतिशोधको राजनीति नहुने बताउनुभएको छ । धादिङमा संचार माध्यम तथा विभिन्न संघ संस्थाले आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रमको सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
“प्रजातन्त्रमा आजै सम्झौता गर्ने क्षमता हुनुपर्छ, प्रतिशोधको राजनीति हुँदैन,” मन्त्री अधिकारीले भन्नुभयो, “हामीले जनताको असन्तुष्टि कसरी सम्बोधन गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ ।”
उहाँले संघीय संरचनामा तीन तहका सरकारबीचको भूमिकाबारे प्रष्ट पार्दै केन्द्र सरकार नीतिगत तह, प्रदेश सरकार कार्यान्वयन गर्ने निकाय र स्थानीय सरकार प्रत्यक्ष सेवा प्रवाह गर्ने तह भएको बताउनुभयो ।
“बागमती प्रदेशमा अहिले धेरै काम हुन सकेको छैन । यसलाई अगाडि बढाएर समाजमा देखिएको असन्तुष्टि सम्बोधन गर्नुपर्छ,” मन्त्री अधिकारीले भन्नुभयो ।
राजनीति सामाजिक मनोभावनासहित जनसेवाका लागि गर्ने हो भन्दै उहाँले आफ्नो राजनीति प्रतिशोधका लागि नभई जनताको सेवामा समर्पित हुने विश्वास दिलाउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार ०९:०८सन्तोष र प्रियनाको ‘बयान’ ले मिलियन भ्युज पार्यो
समाचार२०८२ कार्तिक २४, आईतवार ०६:४९सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सवमा राष्ट्रपति पौडेल सहभागी हुने
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न







