पिएसबी नेपालका कार्यकारी अध्यक्ष डाक्टर विष्ट एआईबिडीको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ- एशिया प्यासिफिक इन्स्टच्युट अफ ब्रोडकास्टिङ डेभलपमेण्ट (AIBD) को साधारण सभाबाट सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट उपाध्यक्षमा निर्वाचित हुनुभएको छ।
AIBD को २३ ओैँ साधारण सभाले निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको हो ।
थाइल्यान्डको फुकेटमा आयोजित साधारण सभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा भारत र उपाध्यक्षमा नेपाल निर्वाचित भएका हुन् ।
भारतको प्रसार भारतीका प्रमुख कार्यकारी अधिकृत गौरव द्विवेदी अध्यक्षमा र नेपालका डा. विष्ट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कार्यसमिति सदस्यमा कोरिया, भुटान, फिलिपिन्स, बंगलादेश र भियतनाम निर्वाचित भएका छन् ।

नयाँ कार्य समितिको अवधि आगामी २ वर्षसम्म हुनेछ ।
मिडिया, नागरिक, शान्ति र समृद्धि मूल विषयमा आयोजित AIBD को साधारण सभा भोलि सम्पन्न हुँदैछ ।
AIBD को साधारण सभा प्रत्येक वर्ष हुने औपचारिक सम्मेलन हो ।
सम्मेलनमा AIBD का सदस्य राष्ट्रहरु, सम्बद्ध संस्था र साझेदार तथा पर्यवेक्षकहरुको सहभागिता रहेको छ ।
सम्मेलनबाट संस्थाको गतिविधिको समिक्षा हुनुका साथै भविष्यका योजनाहरुको तयारी र कार्यान्वयनको ढाँचा लगायतका विषयमा गहन छलफल भइरहेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २०, सोमबार ०६:२४मूल्य पाइने आशामा बोटमै जुनार
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै







