लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

धादिङबेशी । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर ईन्स्योरेन्स,भैरवी ईन्टरपाईजेजको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा १८ जना महिला र ५५ जना पुरुष गरी कुल ७३ जनाले रक्तदान गरेका छन् । लायन्स क्लव अफ धादिङ भैरवीको अध्यक्ष लायन बद्री अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना प्रमुख आतिथ्यता रहेको थियो ।
सो अवसरमा लायन्स ३२५ आई का ५ नम्बर चियर्स पर्सन कृष्ण बद्री पौडेल, नेपाल नगरपालिका संघका सल्लाहाकार सरोज अधिकारी, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती दुर्लभ कुमार तामाङ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, १२ नम्बर जोन चियर्स पर्सन कृष्ण प्र ढकाल (शिशिर), लायन्स क्लब सुर्यमुखीका अध्यक्ष विक्रम बिक, जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख जितेन्द्र कुमार शाह, आयुर्वेद तथा चिकित्सालय धादिङका कार्यालय प्रमुख डा.अमुल्य दाहाल लगायत विशिष्ट व्यक्तिहरूको आतिथ्य रहेको थियो ।
कार्यक्रमले समाजमा रक्तदानप्रतिको जनचेतना अभिवृद्धि गर्न तथा रगत अभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । लायन्स क्लव अफ धादिङ भैरवीले यस अघि स्वावलब्बी बहिरा आधारभुत बिद्यालय प्राङ्गणमा वृक्षारोपण, बिद्यार्थीहरुलाई शितल छहारी नेपालीको सहयोगका बिद्यालय पोशाक र आमाको माया छात्राबासमा शौचालय निर्माण लगाएतको समाजिक कार्य सम्पन्नगरि सकेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार १६:४७काठमाडौँबाट ७ लाख ५० हजारभन्दा बढी मानिस बाहिरिए
समाचार२०८२ फाल्गुन १९, मंगलवार १४:०९राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा








