संगीतकार शान्तिराम राई एकल साँझ हुने

काठमाडौ । प्रतिष्ठित सङ्गीतकार,गायक तथा लेखक प्राज्ञ संगीतकार शान्तिराम राईको एकल साङ्गीतिक साँझ हुने भएको छ । खोटाङ कलाकार समाजले श्रष्ठा सम्मानमा पहिलो पटक आयोजना गर्न लागेको राईको एकल साङ्गीतिक साँझ आगामी मंसिर १३ गते काठमाण्डौमा हुने खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले बताए ।
काठमाडौमा एक विशेष प्रेसमिटको आयोजना गर्दै खोटाङ कलाकार समाजले खोटाङको अग्रज कलाकारहरुको सम्मानार्थ नियमित रुपमा वार्षिक एकल सांगीतीक सांझ कार्यक्रम गर्ने उदेश्य लिएर अगाडी बढेकोपनि रुपकुमारले बताए । प्रेसमिटमा बोल्दै प्राज्ञ संगीतकार शान्तिराम राईले आफ्नो संर्घष र नेपाली संगीत क्षेत्रमा दिएको योगदान बुझेर एकल साङ्गीतिक साँझका लागी आयोजक संस्था खोटाङ कलाकार समाजलाई धन्यवाद दिए । शान्तिरामले बोल्दै भने ‘मेरो जिवन नै संगीतमा समर्पण गरेको मान्छे हो, र बाकि जिवनपनि संगीतमै रहने छु । यो शान्तिराम राईको मात्र एकल शो होइन, हामि सबै खोटाङ्गेहरुको हो । भोलि यो शो डुब्यो भने सबै खोटाङ्गेहरुको शिर झुक्छ होला ।’
प्रेसमिटमा शान्तिराम राईको एकल साङ्गीतिक साँझलाई दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका मेयर तिर्थराज भट्टराई, माननिय सासंद बिशाल भट्टराई, नेता विष्णु राई, ब्यावसायि टंक श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
प्राज्ञ शान्तिराम राई रेडियो नेपालमा २०४६ सालमा, लोकगीततर्फ स्वरपरिक्षा उतिर्ण गरि नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर ३६ वर्षदेखी संगीत सिर्जनामै ब्यास्त रहेका छन् । हालसम्म पन्ध्रसय भन्दा बढी संगीत सृजना गरिसकेका शान्तिरामको एकल साझमा क्रमश ‘तिमी तारे भीर म त लहरा’, ‘धोका दियौ तिमिले’, ‘छालहरु ओ छालहरु’, ‘आईडी काडैले’ र ‘ए पहराकी फूल’ लगायत सदावहार गीतहरु प्रस्तुत हुनेछन् । कार्यक्रममा प्राज्ञ शान्तिरामको संगीतवद्ध गीतहरुलाई दीप श्रेष्ठ, सुक्मित गुरुङ, पवित्रा सुब्बा, राजेशपायल राई राई इज किङ, मेलिना राई लगायत धेरै नया–पुराना पुस्ताका गायक गायिकाहरु मार्फत प्रस्तुती हुनेपनि आयोजकले जानकारी दिएको थियो ।
२०७७ सालमा स्थापना भएको खोटाङ कलाकार समाजले खोटाङको नै इतीहांसमा पहिलो पटक खोटाङ सांगीतीक सांझ २०७९ कार्यक्रम प्रज्ञा भवन कमलादी काडमाडौमा आयोजना गरी १०० जना गायक गायीकाले गायन र १०० जना नृत्यंगनाहरुले नृत्य प्रस्तुत गरेको थियो । खोटाङका १० ओटै पालीकाहरुमा गायन र नृत्य प्रतीयोगीता कार्यक्रम गरी पालीका प्रतीभा २०८० सम्पन्न गरेको थियो ।
‘मुस्कुराउछ सधै भरी मेरो खोटाङ’ बोलको गीत सार्वजनिक
खोटाङ कलाकार समाजद्वारा निर्माण गरिएको ‘मुस्कुराउछ सधै भरी मेरो खोटाङ’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । खोटाङका एक सय एघार जना कलाकारहरुको स्वर रहेको गीतमा गितकार टंक भट्टराईको शब्द, बरिष्ठ संगितकार महेश खड्काको संगित, देबेश राईको एरेन्ज, लिम्दुमि कृयशन रेकर्डिङ स्टुडियो रहेको छ । यो म्युजिक भिडियोलाई युवा पुस्तामाझ ब्यास्त निर्देशक राजेश पुमा राईले निर्देशन गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाको मुख्य प्रायोजन, खोटेहाङ गाउँपालिका र ऐशलुखर्क गाउँपालिकाको समेत आर्थिक सहयोग रहेको थियो जानकारी खोटाङ कलाकार समाजका महासचिव पार्वन राई ‘राई बुढा’ले दिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ९, मंगलवार २०:३८प्रतिनिधि सभामा भोलि प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १८:५३छायांकन सुरु भएसँगै ६ देशमा बिक्री भयो ‘यानीमाया’को प्रदर्शन अधिकार
खेलकुद२०८३ भाद्र ९, मंगलवार १८:४०चौथो थारु फुटसल प्रतियोगिताको उपाधी एओएफ युनाईटेड(बारा)ले उचाल्यो









