ट्रेकिङ ईक्युपमेन्ट सप एशोसियन(टेसा) पोखराको अध्यक्षमा धादिङका टिका बहादुर लम्साल निर्वाचित

धादिङ,१४ भाद्र
ट्रेकिङ ईक्युपमेन्ट सप एशोसियन(टेसा)को अध्यक्षमा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ निवासी टिका बहादुर लम्साल निर्वाचित हुनुभएको छ । संस्थाको शनिबार सम्पन्न भएको २७ औँ साधारण सभा तथा १५ औँ अधिवेशनले लम्सालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा निवर्तमान अध्यक्ष प्रमोद भण्डारी, प्रथम उपाध्यक्षमा महेन्द्र जिसी,द्धितीय उपाध्यक्षमा टिकाराम लम्साल,सचिवमा रमेशराज अधिकारी,सह सचिवमा बुद्धि बहादुर बस्नेत र कोषाध्यक्षमा केशवराज बास्तोला निर्वाचित हुनुभएको छ ।यसैगरी सदस्यहरुमा योगेश सुवेदी,हरिमायाँ ढुंगाना,किरण काफ्ले र राजकुमार नेपाली रहनुभएको छ ।
(टेसा)ट्रेकिङ सामाग्रीहरुको उत्पादन र बिक्रि वितरण गर्ने पोखराका व्यवसायीहरुको संस्था हो ।निवर्तमान अध्यक्ष प्रमोद भण्डारीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष नारानाथ पाहारी र पोखरा भ्रमण बर्ष २०२५ का संयोजक गोपी बहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो । अध्यक्षमा निर्वाचित हुनुभएका टिका बहादुर लम्सालले आफु व्यवसायीहरुको हकहितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लम्साल विगत लामो समयदेखी पोखरामा व्यवसाय सन्चालन गर्दै आईरहनुभएको छ ।संस्थाले विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु सन्चालन गर्दै आईरहेको छ । रक्तदान कार्यक्रम,न्यानो कपडा वितरण,स्टेशनरी वितरण लगायत दिनदुखीहरुलाई आवश्यकताको आधारमा सहयोग गर्दै आईरहको लम्सालले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’