जनतासँगै साबेल बोकेर जनश्रमदान गर्दै पूर्व मूख्यमन्त्री जम्कट्टेल

धादिङ,१४ भाद्र
माओवादी केन्द्रका नेता तथा पुव मूख्यमन्त्री शािलकराम जम्कट्टेल जनतासँगै जनश्रमदानमा सहभागि हुनुभएको छ । मजदुर नेताको रुपमा चर्चित जम्कट्टेल आजकाल जनतासँग जोडिने कार्यक्रममा सहभागिता जनाउन थाल्नु भएको छ । सिद्धलेक गाउँपालिका वडा नं १ को आयोजनामा वडा भित्रका सडकहरु श्रमदानमार्फत भईरहेको सरसफाई कार्यक्रममा पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहभागि हुनुभएको हो।

जम्कट्टेल सँगै जनता,माओवादी नेता तथा कार्यकर्ताहरुले डुम्रे खोला प्रतिक्षालय चोकदेखि वडा कार्यालय सडक अन्तर्गत जलेश्वरी आ.वि. वाजगरादेखि वडा कार्यालय सम्मको सडक सरसफाई गरीएको हो । साथै शुक्रबारनै ठुलो खोला देखि पाउनेटार, कुमालटार बेलटार सडक श्रमदानमार्फत सफा गरिएको छ ।स्थानीय स्तरमा वडाले सुरु गरेको अभियान राम्रो भएको भन्दै जमकट्टेलले प्रशंसा गर्नुभएको थियो । आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्नको लागि वडालाई आग्रह गर्नुभएको थियो ।सरसफाई अभियानले समाजमा सहकार्य, एकता र विकासको आधार गर्ने भन्दै जनतासँग जोडिएर काम गर्नुपर्ने बताउनुभयो । सरसफाई कार्यक्रममा सहभागी हुनुभएका पुर्व मुख्यमन्त्री सहित सम्पुर्ण सहभागीहरुलाई वडा अध्यक्ष पेमा वाङग्याल लामाले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १४:३१‘परालको आगो’ले ओपनिङमै बनायो छाप, पहिलो दिनमै ३७ लाख पार







