एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

काठमाडौँ, १८ भदौ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र १९, बिहीबार १९:१९एमालेको दोश्रो विधान महाधिवेशन शुक्रबारदेखि
समाचार२०८२ भाद्र १९, बिहीबार १९:११बन्द भयो फेसबुक, अरु २५ वटा सामाजिक सञ्जालहरु पनि बन्द हुँदै
समाचार२०८२ भाद्र १९, बिहीबार १७:१५नीलकण्ठ बहुमुखी क्याम्पसद्वारा विद्यार्थीलाई इन्डक्सन चुल्हो वितरण
कला, विचार/मनोरञ्जन२०८२ भाद्र १९, बिहीबार १५:५६कृषाको जन्मदिनमा फिल्म ‘पारस’ निर्माण घोषणा