नीलकण्ठ बहुमुखी क्याम्पसद्वारा विद्यार्थीलाई इन्डक्सन चुल्हो वितरण

धादिङ, भदौ १९ गते ।
धादिङबेसी सदरमुकाममा रहेको नीलकण्ठ बहुमुखि क्याम्पसले, विद्यार्थीलाई विद्युतिय ईन्डक्सन चुल्हो वितरण गरेको छ । वैकल्पिक ऊर्जा केन्द्रको सहयोगमा गरिएको कार्यक्रममा पहिलो चरणमा १०० थान चुल्हो वितरण गरिएको हो ।
क्याम्पसमा अध्ययनरत करिब एक हजार विद्यार्थी मध्ये विशेषगरी धादिङबेसीमा कोठा भाडामा बस्दै आएका विद्यार्थी र क्याम्पसले सञ्चालन गर्ने परीक्षा तथा अतिरिक्त क्रियाकलापमा सक्रिय रुपमा संलग्न १०० बिद्यार्थीलाई पहिलो चरणमा चुल्हो वितरण गरिएको क्याम्पस प्रमुख डा.मुरारी अधिकारीले बताउनुभयो ।
वैकल्पिक ऊर्जा केन्द्रले प्रतिबद्धता जनाएअनुसार आगामी दिनमा थप चुल्हा उपलब्ध भएपछि बाँकी विद्यार्थीलाई पनि क्रमिक रुपमा वितरण गरिने डा.अधिकारीको भनाइ छ ।
यस कार्यक्रमबाट विद्यार्थीले आफ्नो दैनिकी सहज बनाउन सकून्, खाना पकाउन ग्यासको अभावमा समस्या भोग्न नपरोस् र पढाइमा ध्यान केन्द्रित गर्न सहज वातावरण मिलोस् भन्ने उदेश्यले लिइएको क्याम्पसले जनाएको छ।
ग्यासको आपूर्ति असहज भएको र खर्चिलो समेत हुने भएकाले, विद्युतिय चुल्हो प्रयोगले विद्यार्थीलाई राहत पुग्ने विश्वास समेत क्याम्पसले लिएको छ।



लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २३, शनिबार ०७:३१तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’








