गुरुङ संस्कृतिमा बनेको फिल्म ‘रिमै’, ‘गाउँले जीवन, प्रेम र सामाजिक यथार्थको जीवन्त चित्रण’

पोखरा । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रिमै’ ले पोखरेली दर्शकको मन जितेको छ। पोखराको मिडटाउन हलमा भएको प्रदर्शनमा दर्शकको बाक्लो उपस्थिति देखिन्थ्याे । ताली र हुटिङले भरिएको हलमा, कथावस्तुले कतिपयलाई रुवाउन समेत बाध्य बनायो। यसअर्थमा पनि ‘रिमै’ ले दर्शकलाई भावनात्मक रूपमा गहिरो छोएको स्पष्ट संकेत गरेको छ।
फिल्म हेरेपछि धेरैले यसलाई गुरुङ समुदायमा आधारित उत्कृष्ट चलचित्र भन्दै तारिफ गरे। कथाले गाउँले जीवन, संघर्ष, प्रेम र सामाजिक यथार्थलाई मन छुने ढंगले प्रस्तुत गरेको अनुभूति उनीहरूले सुनाए।
अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि ‘रिमै’ को प्रशंसा गरे । ‘निर्देशकले गुरुङ समुदायमाथि एउटा निकै राम्रो फिल्म निर्माण गर्नु भएको छ। सबैले हेरेर साथ दिनुहोला।’ उनले थपे-‘यो फिल्मले भावी पुस्तालाई गुरुङ संस्कृतिको अध्ययन र अनुसन्धानमा महत्वपूर्ण सहयोग गर्नेछ।”
खिलबहादुर गुरुङ निर्देशित ‘रिमै’ गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको हो।
चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, विष्णु मोक्तान, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ लगायतका कलाकारको अभिनय छ। साथै बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरले पनि प्रभावशाली भूमिका निर्वाह गरेका छन्।
फिल्मको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् भने शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन्। निर्माता टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले हुन् भने कार्यकारी निर्माता वीरवल घले हुन्। सम्पादन मित्र डि. गुरुङले गरेका छन्। संगीतमा दीपक शर्मा र थानेश्वर गौतमको संयोजन रहेको छ।
सशक्त अभिनय, मौलिक कथा र गुरुङ संस्कृतिको गहिरो प्रस्तुति भएकाले ‘रिमै’ ले दर्शकलाई लामो समयसम्म सम्झन बाध्य पार्ने अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19445, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र १०, बुधबार १४:२०गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन







