हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर

काठमाडौँ। निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको चलचित्र ‘कोशेढुङ्गा’ ले सोमबारदेखि पुनः प्रदर्शन निरन्तरता पाएको छ। भदौ १२ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले दोस्रो सातासम्म उच्च अकुपेन्सीसहित दर्शक आकर्षित गरिरहेको थियो। तर, भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हल बन्द भएपछि यसको प्रदर्शन स्थगित भएको थियो। सोमबारदेखि हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’ पुनः दर्शकमाझ आएको हो।
निर्माण पक्षका अनुसार हल बन्द हुनु अघि नै चलचित्रले उत्कृष्ट ‘वर्ड अफ माउथ’ पाइरहेको थियो, र हल खुलेसँगै पनि त्यस्तै सकारात्मक प्रतिक्रिया पाउनेमा उनीहरू विश्वस्त छन्। निर्देशक पौडेलले भने, “हाम्रो चलचित्रलाई हेर्ने दर्शकले राम्रो भन्नुभएको छ। अब पनि त्यस्तै साथ र सहयोग पाउनेमा आशावादी छौँ।”
चलचित्रका निर्माता किशोर अनुरागले पनि मोफसलका विभिन्न स्थानमा दर्शकसँग प्रत्यक्ष भेटघाट हुँदा निकै सकारात्मक प्रतिक्रिया पाएको बताए। “देशभरका दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ। ठुलो संख्यामा दर्शक हलमा आउनेमा हामी ढुक्क छौँ,” उनले भने।
नरदेवी फिल्मस्को प्रस्तुतिमा बनेको ‘कोशेढुङ्गा’ का लेखक पनि निर्देशक पौडेल स्वयं हुन्। चलचित्रमा सुरक्षा पन्त, मञ्जिल कुमार, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतमलगायत कलाकारको अभिनय रहेको छ। साथै सिर्जना अधिकारी, शेखर चापागाईं, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा र सविता रेग्मी पनि समावेश छन्।
चलचित्रका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलको संगीत यसमा समावेश छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को









