बिषाक्त रक्सी सेवनका कारण बारामा तीन जनाको मृत्यु

बारा- बिषाक्त रक्सी सेवनका कारण बारामा तीन जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउपालिका वडा नं. ३ पचगछिया टोलका हिजो सोमबार राती तीन जनाको मृत्यु भएको वडाअध्यक्ष राम क्षेत्री यादबले बताउनु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका करिब ४५ बर्षका गोपाल यादब, करबि ५० बर्षको ऐजाजुल मिया र करिब २७ बर्षिय डिबुवा भन्ने रामसुरथ यादब रहेका छन ।
पचगछिया टोल ट्रान्सफरमर छेउमा रक्सी पसल सञ्चालन गरेका महाबिर यादबको छोरा राम भरोस यादबले सञ्चालन गरेको मदिरा पसलमा तीनै जनाले एक दिन अघि मदिरा सेवन गरेको र मदिराकै कारण उनीहरुको मृत्यु भएपनि प्रहरीले कुनै कार्वाही अघि नबढाएको स्थानीयले बताएका छन ।
बारामा अबैध सञ्चालनमा रहेका यस्ता रक्सी भट्टी जताततै सञ्चालन हुदै आएको छ । प्रहरीले प्रभावकारीरुपमा नियन्त्रणको प्रयास नहुदा यस अघि बरियारपुर र विभिन्न स्थानमा मदिरा सेवनकै कारण मृत्यु भई सकेको छ ।
प्रहरी नायब उपरिक्षक एबम बाराका प्रहरी प्रवक्ता बिजय राज पण्डितले घटना बारे प्रहरीमा कुनै जानकारी नआएको बताउदै जानकारी लिएर आबश्यक कार्वाही बढाउने बताउनु भएको छ ।
सोही वडाका वडाअध्यक्ष क्षेत्रीले अस्ती रक्सी सेवन भएको र हिजो छ बजे देखि राती आठ बजेसम्म तीनै जनाको मृत्यु भएपछि प्रहरी घटनास्थलमा आएको र स्थानीय केहील बिरामीका कारण तीनै जनाको मृत्यु भनेपछि प्रहरी यतिकै फर्किएको बताउनु भएको छ । घटना लुकाउन बिरामी भएपनि बिषाक्त रक्सी सेवनकै कारण उनीहरुको मृत्यु भएको बताईएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २३, शनिबार ०७:३१तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’








