बिषाक्त रक्सी सेवनका कारण बारामा तीन जनाको मृत्यु

बारा- बिषाक्त रक्सी सेवनका कारण बारामा तीन जनाको मृत्यु भएको छ । बाराको सुवर्ण गाउपालिका वडा नं. ३ पचगछिया टोलका हिजो सोमबार राती तीन जनाको मृत्यु भएको वडाअध्यक्ष राम क्षेत्री यादबले बताउनु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका करिब ४५ बर्षका गोपाल यादब, करबि ५० बर्षको ऐजाजुल मिया र करिब २७ बर्षिय डिबुवा भन्ने रामसुरथ यादब रहेका छन ।
पचगछिया टोल ट्रान्सफरमर छेउमा रक्सी पसल सञ्चालन गरेका महाबिर यादबको छोरा राम भरोस यादबले सञ्चालन गरेको मदिरा पसलमा तीनै जनाले एक दिन अघि मदिरा सेवन गरेको र मदिराकै कारण उनीहरुको मृत्यु भएपनि प्रहरीले कुनै कार्वाही अघि नबढाएको स्थानीयले बताएका छन ।
बारामा अबैध सञ्चालनमा रहेका यस्ता रक्सी भट्टी जताततै सञ्चालन हुदै आएको छ । प्रहरीले प्रभावकारीरुपमा नियन्त्रणको प्रयास नहुदा यस अघि बरियारपुर र विभिन्न स्थानमा मदिरा सेवनकै कारण मृत्यु भई सकेको छ ।
प्रहरी नायब उपरिक्षक एबम बाराका प्रहरी प्रवक्ता बिजय राज पण्डितले घटना बारे प्रहरीमा कुनै जानकारी नआएको बताउदै जानकारी लिएर आबश्यक कार्वाही बढाउने बताउनु भएको छ ।
सोही वडाका वडाअध्यक्ष क्षेत्रीले अस्ती रक्सी सेवन भएको र हिजो छ बजे देखि राती आठ बजेसम्म तीनै जनाको मृत्यु भएपछि प्रहरी घटनास्थलमा आएको र स्थानीय केहील बिरामीका कारण तीनै जनाको मृत्यु भनेपछि प्रहरी यतिकै फर्किएको बताउनु भएको छ । घटना लुकाउन बिरामी भएपनि बिषाक्त रक्सी सेवनकै कारण उनीहरुको मृत्यु भएको बताईएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ३०, सोमबार ११:५४गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १०:२१‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ चैत्र ३०, सोमबार ०७:२८धदिङमा १ अर्ब ५० करोडको फ्रेन्च फ्राइ उद्योगले लेख्दै छ,नयाँ आर्थिक इतिहास
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?







