‘सोल्टिनी’को टिजर सार्वजनिक,प्रकाश र परिक्षाको माया प्रेम

‘सोल्टिनी’को टिजर सार्वजनिक,प्रकाश र परिक्षाको माया प्रेम

काठमाडौं। चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने यस चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बु बीचको प्रेम, समाजको कठोर यथार्थ र बोल्ड निर्णयलाई झल्काइएको छ। चलचित्रले ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ्घर्षलाई दृश्यात्मक ढङ्गले उतारेको छ।

चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ।

विशेष आकर्षण भनेको यस चलचित्रमा कार्यकारी निर्माताको रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ को संलग्नता हो, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन्।

इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा छायाङ्कन गरिएको ‘सोल्टिनी’मा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउने सन्देश समेटिएको निर्देशक सुवेदीले दाबी गरेका छन्। दुई प्रमुख पात्रबीचको प्रेमकथा यसकै मुख्य आकर्षण रहेको बताइएको छ।

गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन्। कथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको छ।

चलचित्रलाई रेजिना बिस्ट र संसार चौलागाईँले निर्माण गरेका हुन् भने सह–निर्मातामा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी छन्। चलचित्र नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  विकास मानन्धरको गीत ‘पिरती’ सार्वजनिक
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   2   =