गंगाजमुना–५ द्धारा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण तथा शिक्षक सम्मान

धादिङ असोज ३ गते ।
गंगाजमुना गाउँपालिका वडा नं ५ मा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण तथा शिक्षक सम्मान गरिएको छ । राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा शिक्षक सम्मान गरिएको हो ।
कार्यक्रममा वडा भित्रका विभिन्न विद्यालयका आठ जना विषयगत शिक्षकलाई शिक्षण–सिकाइ उपलब्धि मूल्याङ्कनका आधारमा सम्मान गरिएको वडा अध्यक्ष कुमार बहादुर अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै, गरिव, विपन्न तथा जेहेन्दार गरी ५९ जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप स्टेशनरी सामग्री र विद्यालय पोशाक वितरण गरिएको थियो । अध्यक्ष अधिकारीका अनुसार शैक्षिक गुणस्तर वृद्धि गर्ने र विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले छात्रवृत्ति तथा शिक्षक सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा शिक्षा क्षेत्रको गुणस्तरीय सुधार, सिकाइमैत्री वातावरण निर्माण, विद्यार्थीमैत्री विद्यालय स्थापना, सिकाइ पद्धतिमा नवीनता ल्याउने र स्थानीय तह र विद्यालयबीच सहकार्य बढाउने विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा वडा भित्रका सबै विद्यालयका शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









