काउन्सिलद्वारा तथ्य जाँच कार्यदल गठन

काठमाडौँ, असोज २९ गते ।

प्रेस काउन्सिल नेपालले तथ्य जाँच कार्यदल गठन गरेको छ । सदस्य भीमलाल श्रेष्ठको संयोकत्वमा सदस्यद्वय कुमारी निमा काफ्ले र बालकृष्ण अधिकारी सदस्य रहेको कार्यदल गठन गरेको हो ।
काउन्सिलको सदस्य भीमलाल श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)मा भएका प्रावधानहरूको स्मरण गराउँदै वर्तमान बदलिँदो परिस्थितिमा संयमित भएर तथ्यपरक सामग्री सम्प्रेषण गर्न सम्पूर्ण पत्रकार तथा आमसञ्चार माध्यमलाई अपिल गरेको छ । साथै, सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, हिंसा, आतङ्क, अश्लीलता र अपराधलाई प्रश्रय हुने तथा घृणाजन्य, हिंसा भड्काउने खालका अभिव्यक्तिलाई प्राथमिकता दिएर सामग्री प्रकाशन/प्रसारण नगर्न/नगराउन यस्तो आग्रह गरेको हो ।
देशभरका आमसञ्चार माध्यममार्फत विज्ञापन बोर्डसँग समन्वय गरी पत्रकार आचारसंहितासम्बन्धी सन्देशमूलक सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ ।
देशभरका पत्रकार र आमसञ्चार माध्यमको आधुनिकीकरण गर्नुपर्ने तथा व्यावसायिकता बढाउनुपर्ने भएकाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका पत्रकार तथा आमसञ्चार माध्यमलाई समेत विद्यमान सेवा–सुविधा उपलब्ध गराउन आवश्यकताअनुसार मिडिया विकास कोषसम्बन्धी विनियम र नीति संशोधन गरी प्रक्रिया अघि बढाउन सुझाव दिने समेत निर्णय गरेको प्रेस काउन्सिल नेपालद्वारा ज्ञारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/10/15/10128/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







