गंगाजमुना गाउँपालिका वडा नम्बर ३ मा ७५७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

धादिङबेशी । गंगाजमुना गाउँपालिका वडा नम्बर ३ मा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । असोज २५ गतेदेखि सुरु गरिएको परिचयपत्र बितरण कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।
कार्यक्रममा ७५७ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको र ७८ जनाले नयाँ फारम भरेका थिए । वडाभित्र राष्ट्रिय परिचयपत्र नबनाएका नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले वडावासीहरूलाई सहज सेवा पु¥याउन मद्दत गरेको वडा अध्यक्ष राजकुमार गुरुङले बताउनु भएको छ ।
वडा अध्यक्ष गुरुङका अनुसार, वृद्ध, अशक्त र अपाङ्गता भएका नागरिकहरूको सहजताका लागि टोली स्वयं घरघरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिएको थियो । उहाँले यस कार्यलाई सामाजिक उत्तरदायित्वको रूपमा लिएको बताउनुभएको छ । यस अभियानले विशेष गरी दुर्गम बस्ती र शारीरिक रूपमा अपांग, वृद्दवृद्दा र सहजै जिल्ला प्रशासन कार्यलय पुगेर राष्ट्रय परिचयपत्र बनाउन नसक्ने नागरिकलाई राहत मिल्ने लक्ष्य राखिएको थियो ।
जिल्ला प्रशासन कार्यालय धादिङले राष्ट्रिय परिचयपत्र कार्ड लिन बाँकी रहेका वा नयाँ फारम भर्न बाँकी रहेका उक्त क्षेत्रका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय धादिङमै पुगेर सेवा लिन सक्ने जानकारी दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?






