आजदेखि तिहार पर्व सुरु, पहिलाे दिन काग तिहार मनाइँदै

पाेखरा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज देशभर काग तिहार मनाइँदै छ।
तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसमा पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म हर्षोल्लासपूर्वक मनाइन्छ।
वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास पनि रहेको छ। यस दिन बिहानै कागलाई दही–भात लगायतका परिकार अर्पण गर्ने चलन छ। ‘काकेन दधि भक्षितम्’ मन्त्रसहित कागलाई दही–भात खुवाउँदा उसले यमराजसमक्ष राम्रो सन्देश पुर्याउँछ भन्ने धार्मिक विश्वास छ।
कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भन्ने कामनासहित पूजा गरिन्छ। यो पर्वले मानिस र जनावरबीचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता र प्रकृतिप्रतिको सम्मानको सन्देश दिन्छ।
धर्मशास्त्र अनुसार कागले पृथ्वीका जीवहरूको जन्म–मृत्यु सन्देश यमराजसम्म पुर्याउँछ, त्यसैले उसलाई यमराजको दूत मानिन्छ। त्यस्तै, वैदिक कालका असुरराज बलिको दानशीलताबाट प्रसन्न भई भगवान् विष्णुले उनलाई कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वी शासनको अधिकार दिएको विश्वास छ। यही अवधिमा तिहार पर्व मनाइने परम्परा सुरु भएको जनश्रुति पाइन्छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19823, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ३, बुधबार १७:४१पोखरामा ‘यामाहा फेस्ट’ सुरु, एक्सचेन्जमा विशेष अफर
समाचार२०८३ असार ३, बुधबार ०८:१३समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय
समाचार२०८३ असार २, मंगलवार ०८:१३रास्वपाका गण्डकी प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेम्जाद्वारा सम्मान
समाचार२०८३ असार १, सोमबार १५:१२नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण






