भदौ घटनापछि पार्टीको लोकप्रियता बढ्ने एमालेका महासचिव पोखरेलकाे विश्वास

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते जेनजी आन्दोलनको नाममा भएका हत्या, आगजनी र तोडफोडका घटनाका रहस्य क्रमशः खुल्दै गएपछि एमाले जनतामाझ अझ बढी लोकप्रिय र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेका छन् ।
उनले फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । महासचिव पोखरेलका अनुसार ती घटनाका पछाडि लुकेका यथार्थ उजागर हुन थालेपछि एमालेप्रतिको जनआस्था झनै बलियो बन्नेछ र पार्टी जनताको विश्वासको केन्द्रका रूपमा स्थापित हुने छ। उनले लेखेका छन् “भदौ २३ र २४ गतेका बीभत्स घटनाका रहस्य क्रमशः खुल्दै जाँदा नेकपा (एमाले) जनताको सर्वाधिक लोकप्रिय र विश्वसनीय पार्टी बन्नेछ।”
स्मरणीय छ, सो क्रममा आन्दोलनकारीका नाममा हिंसात्मक गतिविधि भई युवा विद्यार्थीको हत्याका साथै तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमण भएका थिए। ती घटनाका विभिन्न पक्षबारे अहिले अनुसन्धान र तथ्य सार्वजनिक हुने क्रम जारी छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19831, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र १०, बुधबार १४:२०गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन







