जीएमसीको साथमा ‘मिडिया कप फुटसल’

पाेखरा ।
पोखरामा आगामी असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ हुने भएको छ। कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा सञ्चालित नयाँलिपि न्यूज डटकमको आयोजनामा प्रतियोगिता पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा हुनेछ।
प्रतियोगिताको हस्पिटल पार्टनरका रूपमा गण्डकी मेडिकल कलेज (जीएमसी) रहने भएको छ। शनिबार भएको सम्झौताअनुसार जीएमसीले प्रतियोगिताका क्रममा आवश्यक मेडिकल सेवा उपलब्ध गराउनेछ। आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने खेलाडीलाई उपचारमा रु. ५ हजारसम्मको छुटसमेत उपलब्ध गराइनेछ।
प्रतियोगिताको विजेताले रु. ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु. ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षक र गोलकिपरलाई जनही रु. ५ हजार तथा प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई रु. १ हजार ५ सय पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र रु. ३ हजार दर्ता शुल्कसहित टिम दर्ता गरिसक्नुपर्नेछ। खेलाडीले पासपोर्ट साइजको फोटो, नेपाल पत्रकार महासंघ वा सूचना विभागको परिचयपत्रको प्रतिलिपि तथा सम्बन्धित जिल्ला शाखाको सिफारिसपत्र बुझाउनुपर्नेछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22397, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन







