रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सरकारले तीनै जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीबाट प्रभावित तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सबै काम अघि बढाउने निर्णय गरेको छ ।
बैठकले प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने कामको पहिचान गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयको क्षेत्राधिकारअनुसार फिल्डमै खटिन निर्देशन दिएको छ।
सरकारले बाढीबाट भएको क्षतिको विवरण संकलन, उद्धार तथा राहत व्यवस्थापन र आवश्यक पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22416, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १९, सोमबार ११:४३गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
समाचार२०८३ आश्विन १९, सोमबार १०:५०फेवा ड्यामको दिगो संरक्षण र ढल निर्माणलाई प्राथमिकता दिन १७ का बासिन्दाको माग








