धादिङ नेपाली समाज अमेरिकाद्वारा देउसी–भैलो कार्यक्रम संचालन, ४ हजार ५ सय ३८ डलर संकलन

धादिङबेशी । धादिङ नेपाली समाज अमेरिकाले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचान जोगाउने उद्देश्यसहित अमेरिकामा देउसी–भैलो कार्यक्रम आयोजना गरेको देउसी कार्यक्रम सम्पन्न भएको छ। समाजले सो कार्यक्रममार्फत धादिङ जिल्लाको शिक्षा क्षेत्र र न्यानो कपडा बितरणमा योगदान पुर्याउने लक्ष्यसहित फन्डरेजिङ गर्न कार्यक्रमको आयोजना गरिएको हो।
समाजका अध्यक्ष टक बहादुर रुवालीका अनुसार, धादिङ नेपाली समाज अमेरिकाले जिल्लाको विकासका लागि विशेष गरी शिक्षा क्षेत्रमा सहयोग गर्ने दीर्घकालीन योजना बनाएको छ। “हाम्रो उद्देश्य केवल मनोरञ्जन होइन, हाम्रो जन्मभूमिका विद्यालय र विद्यार्थीहरूलाई सहयोग पुर्याउने हो,” अध्यक्ष रुवालीले बताए।
उनका अनुसार, अमेरिकामा बसोबास गर्ने धादिङवासीहरूलाई एक ठाउँमा ल्याउने, पारस्परिक सहयोग र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले पनि देउसी–भैलो कार्यक्रम आयोजना गरिएको हो। न्युयोर्कको क्विन्स स्थित धादिङेलीले सन्चालन गरेको ज्याक्सन मार्केट, सागर अधिकारी,गणेश लम्साल र भक्त गुरुङले सन्चालन गर्नुभएको मार्केटमा देउसी भैलो सम्पन्न भएको हो। यसैगरी धादिङ नेपाली समाज,अमेरीकाका अध्यक्ष टक बहादुर रुवालीको नीजी निवासमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा न्युयोर्क स्थित विभिन्न संघ सस्थाहरुको प्रतिनिधीहरुको उपस्थिती रहेको छ।
समाजले यसअघि पनि विभिन्न सामाजिक र शैक्षिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्षको देउसी–भैलो कार्यक्रमबाट संकलित रकम धादिङ जिल्लाका सामाजिक क्षेत्र र विशेषगरी जाडो मौसममा विद्यालयहरूमा न्यानो कपडा बितरण गर्न र गम्भीरता स्वास्थ्य समस्यामा उपचारमा सहयोग गर्न देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको देउसी भैलो कार्यक्रम संयोजक देबेन्द्र गिरिले जानकारी दिए। देउसी भैलोबाट ४ हजार ५ सय ३८ डलर संकलन भएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









