फुटबल: नेपाल इरानसँग ३-० गोल अन्तरले पराजित

फुटबल: नेपाल इरानसँग ३-० गोल अन्तरले पराजित

काठमाडौँ- भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग ३-० गोल अन्तरले पराजित भएको छ ।

शिलोङस्थित जवाहरलाल नेहरु मैदानमा भएको खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो ।

यो जितपछि इरानले ६ अङ्क बनाउदै तीन देश सम्मिलित प्रतियोगिताको उपाधि जितेको छ ।

यसअघि भएको पहिलो खेलमा इरानले भारतलाई पराजित गरेको थियो । अब नेपालले अन्तिम खेल सोमबार भारतसँग खेल्नेछ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   7   =  

Protected by Spam Master