परिवर्तनको संदेश बोकेको फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक

काठमाडौं । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले टिजर सार्वजनिक गर्दै फिल्मले बोकेको मूल उद्देश्य दर्शकसामु ल्याएको हो। राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो।
देशमा जरा गाडेर बसेका भ्रष्टाचार, बेथिति, अन्याय र दमनको विरुद्ध युवाहरू उठ्नुपर्ने सन्देश टिजरमार्फत प्रस्तुत गरिएको छ। टिजरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ।
टिजर रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा कथा–लेखक दिपक शिवाकोटीले ‘परिवर्तन’ देशभक्त युवाको आवाज बोलेको फिल्म भएको बताए। ‘अबको रूपान्तरण युवाबाटै सम्भव छ। हाम्रो फिल्मले यही चेतना समाजमा जगाउने उद्देश्य बोकेको छ,’ शिवाकोटीले भने।
विजय केरुङ निर्देशित यस फिल्ममा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल,आयुषा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।
शिवम अधिकारीको लेखनमा बनेको फिल्ममा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ। फिल्मको डिस्ट्रिब्युसन आर.आर. फिल्म्स ले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई








