उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न

काठमाडौँ- गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलाइएको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ पुनः निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरिएको छ ।
गैरआवासीय नेपाली सङ्घ(एनआरएन) ले उक्त ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज एक कार्यक्रमबीच सङ्घका अन्तरराष्ट्रिय समन्वय परिषद् अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष श्रेष्ठले यस परियोजनामा जडित उपकरणहरू दीर्घकालसम्मलाई ध्यानमा राखेर व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
उपत्यका प्रहरी प्रमुख कार्कीले सङ्घप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गैरआवासी नेपाली सङ्घ(एनआरएन) ले आन्दोलनका क्रममा जलाइएको ट्राफिक प्रहरी कन्ट्रोल रुम पुनः निर्माण गरी आज हामीलाई हस्तान्तरण गरिएको छ । हामी खुसी छौँ । सबैलाई आवश्यक पर्ने संरचनामा क्षति गर्नु हुन्न भन्ने हामीले हाम्रा सन्ततिलाई सिकाउन जरुरी छ ।”
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









