भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।
मधेस प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरेर मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरुका अभिभावकको जिम्मा लगाएको हो ।
उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन् । उनीहरूको उमेर ९ देखि २२ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेस प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिनुभयो ।
यस्तै दुई बालिकालाई पनि ‘किन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर बालकल्याण समिति तथा बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत अभिभावकको जिम्मा लगाएको ‘किन इन्डियाका संयोजक नविन जोशीले बताउनुभयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









