सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण

धादिङ,१२ कार्तिक
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित सांकोष माध्यमिक विद्यालयमा असहाय र जेहेन्दार विद्यार्थीहरूलाई नगद तथा सामग्री वितरण गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङका सदस्य तथा Trekking Agencies Association of Nepal (TAAN) का केन्द्रीय सदस्य, सफल पर्यटन व्यवसायी, शिक्षाप्रेमी एवं समाजसेवी राजु गुरुङ र ताइवानी नागरिक मिस चाङ यु फाङ (Amy)को संयोजनमा विद्यालयमा अध्ययनरत ४७ जना विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको हो।

सहयोग स्वरूप प्रत्येक विद्यार्थीलाई रु ११,००० (एघार हजार) नगदसहित स्टेशनरीका सामग्रीहरू, छात्राहरूलाई सेनिटरी प्याड, र सम्पूर्ण विद्यार्थीहरूलाई अध्ययनमा आवश्यक सामग्रीहरू वितरण गरिएकोे छ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा पर्यटन व्यवसायी राकेश धमलाको अध्यक्षता र नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विद्यालयका पूर्व वि.व्य.स सदस्य एवं शि.अ.स अध्यक्ष टंक प्रसाद धमला विशेष अतिथि रहनु भएको थियो।

सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व, बुद्धिजीवी, स्थानीय अभिभावक र विद्यालय परिवारको उपस्थिति रहेको कार्यक्रममा ताइवानी र मलेसियाली नागरिकको प्रशंसापत्र कार्यक्रमका विशिष्ट अतिथि राजु गुरुङलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश धमलामार्फत हस्तान्तरण गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी तथा वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले विद्यार्थीहरुलाई सहयोग गर्ने दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।वडाको शिक्षा क्षेत्रको विकासको लागि विभिन्न संघ संस्थाहरुको सहकार्यमा वडामा काम गरीरहेको बताउनुभयो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई







