फिल्म ‘परान’ शुक्रबारबाट प्रदर्शन

फिल्म ‘परान’ शुक्रबारबाट प्रदर्शन

 ‘परान’ले शुक्रबारबाट प्रदर्शन यात्रा सुरू गरेको छ । एकल रिलिजको अवसर पाएको यो फिल्मले देशव्यापी ६४ शो प्राप्त गरेको छ । तर, प्रदर्शनको पहिलो दिन नै फिल्मले चुनौतीपूर्ण स्थिति सामना गर्नुपरेको छ । फिल्मको अग्रिम टिकट बुकिङ अपेक्षाअनुसार देखिएको छैन भने झरीका कारण बिहानी शो पनि प्रभावित बनेको छ ।

भावनात्मक सम्बन्धको कथामा आधारित फिल्म ‘परान’का लागि बक्स अफिसमा सबैभन्दा ठूलो चुनौतीको रूपमा फिल्म ‘जेरी अन टप’ रहेको छ । यसले दुई सातादेखि आक्रामक व्यापार गरिरहेकाले ‘परान’ले हलमा टिक्नका लागि बलियो ‘माउथ पब्लिसिटी’ हासिल गर्न जरूरी छ । बिहीबार साँझ प्रिमियरमा फिल्मले प्राप्त गरेको प्रतिक्रिया हेर्दा ‘वर्ड अफ माउथ’ले व्यापारिक गति समात्ने बलियो सम्भावना देखिन्छ । 

फिल्मको प्रिमियरमा कथावस्तु, संवाद, अभिनय, ब्याकग्राउन्ड म्यूजिक लगायतका पक्षको निकै प्रशंसा भएको थियो । फिल्म हेरिसकेपछि अधिकांश भावुक देखिएका थिए । अभिनेता हरिवंश आचार्यले ‘परान’ मनछुने फिल्म बनेको बताए । गायक रामकृष्ण ढकाल, निर्देशक सुयोग गुरुङ लगायतले पनि उत्कृष्ट पारिवारिक फिल्म बनेको बताउँदै दर्शकलाई एकपटक हेर्न अनुरोध गरे । 

दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको यो फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले फिल्मको निर्माण गरेका हुन् ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   9   =  

Protected by Spam Master