तोकिएको भाउभन्दा अत्यधिक महँगो पर्छ तरकारी

काठमाडौँ- बजारमा तरकारीको मुल्य ह्वात्तै बढेको गुनासो आम उपभोक्ताहरुले गरिरहेका बेला तोकिएको मुल्यमा तरकारी नपाइने पनि उपभोक्ताको भनाइ छ ।
मुल्य निर्धारण गरेपनि अनुगमन भने फितलो हुँदा उपभोक्ता मारमा परेका छन ।
यसैबीच, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७९, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९५, आलु रातो प्रतिकिलो रु ८५, आजु रातो (भारतीय) प्रतिकिलो रु ५३, आलु सेतो प्रतिकिलो रु ६३, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, बन्दा (लोकल) प्रतिकिलो रु ७५, काउली स्थानीय प्रतिकिलो रु १५०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५२, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १५०, मकै बोडी प्रतिकिलो रु ६५ कायम भएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु २४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८५, घिउ सिमी (राजमा) प्रतिकिलो रु २००, तीतो करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ७०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ६०, घिरौँला प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ८०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, सलगम प्रतिकिलो रु ९०, भिन्डी प्रतिकिलो १००, सखरखण्ड प्रतिकिलो ९०, बरेला प्रतिकिलो रु ५० कायम गरिएको छ ।
पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो रु २०, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु २००, चमसुर प्रतिकेजी रु २६०, तोरीको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु २५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ५५०, निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो रु २००, चुकुन्दर प्रतिकिलो रु १००, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ४००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २६०, पुदिना प्रतिकिलो रु ४५०, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो रु २२०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १००, सुन्तला (भारतीय) प्रतिकिलो रु १३०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४५, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु ११० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु २६०, सरिफा प्रतिकिलो रु २०० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो रु ७०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु १८०, हरियो लसुन प्रतिकिलो रु ३५०, हरियो धनियाँ प्रतिकिलो रु ६००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २५०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु ११०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ९०० निर्धारण गरिएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित








