पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

धादिङ,१५ कार्तिक
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति माध्यमिक विद्यालयमा असहाय र जेहेन्दार विद्यार्थीहरूलाई नगद तथा सामग्री वितरण गरिएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङका सदस्य तथाTrekking Agencies Association of Nepal -TAAN का केन्द्रीय सदस्य, सफल पर्यटन व्यवसायी, एवं समाजसेवी राजु गुरुङको समन्वयमा विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको विद्यालयका प्रधानाध्याक नारायण भण्डारीले जानकारी दिनुभयो ।सहयोग स्वरूप प्रत्येक विद्यार्थीलाई रु ११,००० (एघार हजार) नगदसहित स्टेशनरीका सामग्रीहरू, छात्राहरूलाई सेनिटरी प्याड, र सम्पूर्ण विद्यार्थीहरूलाई अध्ययनमा आवश्यक सामग्रीहरू वितरण गरिएकोे छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भण्डारीकोे अध्यक्षता र नेपाली काँग्रेसका नेता रमेश धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार) पूर्व वि.व्य.स.अध्यक्ष हर्क बहादुर भण्डारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०६:४८मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध







