‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत सार्वजनिक, शाह र मल्लको छमछमी

‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत सार्वजनिक, शाह र मल्लको छमछमी

काठमाडौँ। आगामी मंसिर २६ गते प्रदर्शनमा आउने चलचित्र ‘पीआर’ को नयाँ गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। सान्भी इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो ।

गीतमा वरिष्ठ कलाकार नीर शाह र गौरी मल्लको उमंगपूर्ण नृत्य देख्न सकिन्छ। त्यस्तै, दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला बेहुलीको रूपमा प्रस्तुत गरिएको छ। गीतमा भिम बी.सी.को संगीत, टेक बी.सी. र प्रीती घिमिरेको स्वर सुन्न सकिन्छ भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको अभिनय रहेको छ। त्यस्तै, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की छन्।

चलचित्रका निर्देशक शोभित बस्नेतका अनुसार ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनको भावनात्मक कथामा आधारित छ। चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। चलचित्रको सम्पादन बन्दे प्रसादले गरेका छन्, लेखन गणेश बुढाथोकीको हो, छायांकन भने सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। यस चलचित्रको वितरण आर आर फिल्म्सले गर्नेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   5   =  

Protected by Spam Master