प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित

प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित

पाेखरा । पोखरा ३, नदीपुरमा रहेकाे प्रतिभा माध्यमिक विद्यालयले लावण्य इन्टरनेशनल प्रा.लिको सहकार्यमा गरेकाे Complete pre-school system (CPS)  कार्यान्वयन पूरा गरेकाे छ । नर्सरीदेखि युकेजीसम्म सिपिएस कार्यान्वनकाे दुई वर्ष पूरा भएपछि विहिवार १४ जना शिक्षिकहरूलाई सम्मान गर्दै प्रमाणपत्र प्रदान गरिएको हाे ।

विद्यालयका प्रधानाध्यापक किरण सापकोटाले लावण्य इन्टरनेशनलको सहकार्यमा सञ्चालित सिपिएस/सिपिआरएस कार्यक्रमले विद्यालयमा विद्यार्थी–केन्द्रित शिक्षाको वातावरण स्थापना गर्न ठूलो सहयोग पुर्‍याएको बताए । ‘याे पद्वतीले शिक्षकहरूले केवल पाठ सुनाउने नभई विद्यार्थीलाई सोच्न, प्रश्न गर्न र आफ्नै अनुभवबाट सिक्न प्रेरित गरिरहेकाे छ।’ उनले भने-‘यसले कक्षा कोठालाई पुस्तक मात्रमा सीमित नराखी, विद्यार्थीहरूलाई विभिन्न गतिविधि, परियोजना र अनुभवमार्फत सिक्ने अवसर दिएको छ।’ यसले विद्यार्थीहरुकाे आत्मविश्वास र जिज्ञासा दुवै बढाएको उनकाे भनाई छ ।प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित

‘हामीले देखेका छौं जब शिक्षकले बच्चाको सोच र क्षमताको कदर गर्छन्, तब सिकाइ अझ प्रभावकारी र रमाइलो बन्छ। सिपिएस मोडलले यही कुरा सिकाएको छ।’ सापकाेटाले भने । उनले आगामी सत्रदेखि यो कार्यक्रमलाई अझ सशक्त रूपमा लागू गर्ने प्रतिबद्धता जनाउँदै अभिभावक, विद्यार्थी र शिक्षकबीचको सहकार्यले विद्यालयको गुणस्तर अझ उचो स्तरमा पुग्ने विश्वास व्यक्त गरे ।

लावण्य इन्टरनेशनल पोखरा इन्चार्ज सम्झना रेग्मीले कार्यक्रमले शिक्षिकाहरूलाई नयाँ सीप सिक्न र प्रभावकारी शिक्षण अभ्यास अपनाउन ठूलो सहयोग पूगेकाे विश्वास व्यक्त गरिन् ।

मन्टेश्वरी ब्लक कोअर्डिनेटर निर्मला सुवेदीले प्रतिभा माविमा नर्सरीदेखि कक्षा १ सम्म शिक्षकहरूले सिपिएस/सिपिआरएस कार्यान्वयनमार्फत प्रत्यक्ष अनुभवमा आधारित शिक्षण अभ्यास गरेकाे बताईन् । यसले शिक्षक पेशामा रचनात्मकता र सक्रियता थपेको उनकाे भनाई छ । नर्सरीदेखि युकेजीसम्म सिपिएस कार्यक्रम पूरा भएकाे र  कक्षा एकमा जारी रहेकाे सिपिआरएस कार्यक्रम अर्काे वर्ष पूरा हुने जानकारी दिईन् ।

सहप्राध्यापक प्रदिप खनालले स्वागत गर्दै सिपिएस/सिपिआरएस कार्यक्रम सफल बनाउन संलग्न सबै शिक्षक र प्रशिक्षकहरूको योगदानको प्रशंसा गरेकाे कार्यक्रम लावण्य इन्टरनेशनलकी प्रशिक्षक अमृता पोख्रेल र शिक्षिका शैली ताम्रकार द्वयले सञ्चालन गरेका थिए ।

सिपिएस कार्यक्रम देशका १५० विद्यालयमा फैलिएको छ र पोखरामा ४० भन्दा बढी विद्यालयमा सिपिएस अभ्यास भइरहेको छ।

सिपिएस/सिपिआरएस मोडलले परम्परागत “पाठ सुनाउने” पद्धतिलाई बदल्दै अनुभवमूलक र सक्रिय सिकाइलाई प्राथमिकता दिन्छ। शिक्षकहरू सिकाइका सहायक (facilitator) हुन्छन् र विद्यार्थीहरूले प्रश्न सोध्ने, समूहगत गतिविधि गर्ने तथा आफ्नै अनुभवबाट सिक्ने अवसर पाउँछन्। पोखरा र अन्य शहरका विद्यालयहरूले सिपिएस लागू गरेपछि शिक्षक र विद्यार्थी दुवै अझ सक्रिय, आत्मविश्वासी र रचनात्मक बनेको अनुभव गरेका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19982, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   3   =  

Protected by Spam Master