‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा गौरीशंकर धुँजु

‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा गौरीशंकर धुँजु

काठमाडौँ। नेपाली चलचित्र छायांकन क्षेत्रका पेशेवरहरूलाई एकीकृत गर्दै ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गरिएको छ। मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न भेलाले तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको छ।

तदर्थ समितिको उपाध्यक्षमा राजेश श्रेष्ठ, महासचिवमा विष्णु कल्पित, सचिवमा नरेन्द्र मैनाली र कोषाध्यक्षमा आलोक शुक्ला नियुक्त भएका छन्। यस्तै सदस्यहरूमा चिन्तनराज भण्डारी, सिताराम श्रेष्ठ, उमङ्ग शाही, निरज पौडेल र निशाल पौडेल रहेका छन्।

कार्यक्रममा गौरीशंकर धुँजु, विष्णु कल्पित, नरेन्द्र मैनाली, आलोक शुक्ला, राजेश श्रेष्ठलगायत गौतम श्रेष्ठ, बिशाल पौडेल, निरज कँडेल, उमङ शाही, कृष्ण श्रेष्ठ, बाबु श्रेष्ठ, रामशरण उप्रेती, शिवराम श्रेष्ठ, शम्भू सापकोटा, दिछे गुरुङ, शिवु ढकाल, अमर महर्जन, विवेक खड्का, सरद महतो, नविन गुरुङ, लुःजः सिंह, कृष्ण परियार र रविन आचार्यसहितका छायाँकारहरूको सहभागिता रहेको थियो।

भेलाले लामो समयदेखि चलचित्र क्षेत्रमा विभिन्न पेशागत संघ–संस्था सक्रिय भए पनि छायाँकारहरूको साझा आवाज अभाव रहेकाले एशोसिएसन गठन गर्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ। छायाँकारहरूको पेशागत हकहित संरक्षण, सीप विकास र नियमनात्मक संरचना निर्माणको उद्देश्यसहित एशोसिएसनलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय गरिएको छ। यसैक्रममा, आगामी छ महिनाभित्र अधिवेशन सम्पन्न गरी स्थायी कार्यसमिति गठन गर्ने निर्णय पनि गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर रबि देखि मदनकृष्णसम्मले गरे तारिफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   9   =  

Protected by Spam Master