पोखरामा अन्तराष्ट्रिय लेखा दिवस मनाइयो

पोखरा। नेपाल चाटर्ड एकाउन्टेन्ट सस्था पोखरा शाखाको आयोजनामा पोखरामा अन्तराष्ट्रिय लेखा दिवस मनाइएको छ ।
प्रत्येक वर्षको नोभेम्बर १० मा अन्तराष्ट्रिय लेखा दिवस मनाउने गरिएकोमा शाखाले एकान्टिङ प्रोफेसन एण्ड एआई सम्बन्धी अन्तरक्रिया गर्दै दिवस मनाएको हो ।
अन्तरक्रियामा लेखा व्यवसायसँग सम्बन्धित चाटर्ड एकाउन्टेन्ट तथा रजिष्टर्ड अडिटर्सहरू एवम् उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखानाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी एवम् नेपाल युवा व्यवसायी मञ्च पोखरा च्याप्टर्सका अध्यक्ष सुमेज राजभण्डारी लगायतको उपस्थिति थियो ।
नेपाल लेखामान वोर्डका सदस्य चाटर्ड एकाउन्टेन्ट दुर्गाप्रसाद ज्ञवालीले एकाउन्टिङ प्रोफेसन एण्ड एआई सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै यसको प्रयोगले लेखा व्यवसायमा तथ्यांकहरुको विश्लेषणमा सहजिकरण, समयको वचत का साथै विस्तृत अध्ययनमा समेत सहज हुने बताए ।
उहाले एआईको प्रयोग गर्ने प्राविधिक पक्ष सिकाउँदै यसबाट सहि एवम् विश्वसनीय विवरण लिने सोही अनुसारको विवरण एवम् प्रश्न पेश गर्नुपर्ने जानकारी गराए ।
नेपाल चाटर्ट एकाउन्टेन्ड संस्था पोखरा शाखा संयोजक चाटर्ड एकाउन्टेन्ट उबेक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शाखा समन्वय कमिटीका सदस्य चाटर्ड एकाउन्टेन्ट सागर आचार्यले सञ्चालन गरेका थिए भने सदस्य चाटर्ड एकाउन्टेन्ट मदन पोखरेलले स्वागत गरकका थिए ।
कार्यक्रमका सहभागीले एआई सम्बन्धित नयाँ प्रविधिलाई आफनो पेशा तथा व्यवसायसँग कसरी जोडन सकिन्छ भन्ने सम्बन्धमा चासो व्यक्त गरेका थिए ।
कार्यक्रममा ५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको शाखाका सदस्य रजिष्टर्ड अडिटर चन्द्रबहादुर सुवेदीले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20001, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







