सदस्य-सचिव पराजुलीलाई स्वागत


काठमाडौँ २७ कार्तिक ।
प्रेस काउन्सिल नेपालका सदस्य–सचिव छबीन्द्र पराजुलीलाई आज काउन्सिलमा स्वागत गरिएको छ । उहाँलाई सदस्यहरू कुमारी निमा काफ्ले, पदम राज जोशी, विजयराज अधिकारी, शन्तराम बिडारी, मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरालगायत कर्मचारीले स्वागत गर्नुभएको हो।
स्वागतका क्रममा सदस्य कुमारी निमा काफ्लेले काउन्सिलले सदस्य-सचिव र काउन्सिलको टिमको सहकार्यबाट परिणाममुखी कार्य हुने विश्वास व्यक्त गर्नुभयो । सदस्य–सचिव पराजुलीले काउन्सिल बलियो भयो भने समाज, सरकार, सञ्चार माध्यम र नागरिक पनि बलियो हुने बताउनुभयो । सञ्चार क्षेत्रका सबै सरोकारवाला निकाय एक ढिक्का भएर अगाडि बढे काउन्सिललाई बलियो बनाउन सकिने उहाँको भनाइ थियो ।
मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलको स्थापना, संरचना, काम–कारबाहीका बारेमा सङ्क्षिप्त जानकारी गराउनुभएको कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्यायसमेत सहभागी हुनुहुन्थ्यो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/11/13/11236/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २८, बिहीबार १६:२०सदस्य-सचिव पराजुलीलाई स्वागत
समाचार२०८२ कार्तिक २८, बिहीबार १५:५५अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता
समाचार२०८२ कार्तिक २७, बुधबार १६:००बिहिबारदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय इन्डुरो प्रतियोगिताको तयारी पूरा,८ देशका ५० खेलाडी सहभागि हुने
समाचार२०८२ कार्तिक २७, बुधबार १०:३३राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ






