साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

धादिङ, कात्तिक २७ गते ।
धादिङबेसीमा व्यवसाय योजना र मुल्य शृंखलामा क्षमता विकास कार्यशाला सम्पन्न भएको छ । एक्सन नेपाल र डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नीलकण्ठ नगरपालिकाको समन्वयमा तीन दिने कार्यशाला सम्पन्न भएको हो ।

व्यवसायको योजना तर्जुमा, निरन्तरता र मुल्य श्रृंखला सम्बन्धि क्षमता विकास गर्ने उद्धेश्यले कार्यशाला आयोजना गरिएको एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाले बताउनुभयो ।

कार्यशाला नीलकण्ठ नगरपालिका क्षेत्रभित्रका मेयर उद्यमशील कार्यक्रमअन्तर्गत सहुलियत व्याजमा ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका साना तथा मझौला कृषि व्यवसायीहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले कार्यशाला प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले कार्यशालाबाट व्यवसाय योजना तयार गर्ने प्रक्रिया, व्यवसाय विस्तार र निरन्तरता, सरोकारवाला निकायहरूसँगको समन्वय, बजारीकरण तथा वस्तु र सेवाको उचित मूल्य प्राप्त गर्ने तरिका सिक्न पाउँदा खुसी व्यक्त गरेका छन्।

साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   8   =  

Protected by Spam Master