प्रेस स्वतन्त्रता र आचारसंहिता विषयक अन्तरक्रिया सम्पन्न


काठमाडौँ २७ कार्तिक ।
प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रेस स्वतन्त्रता र आचारसंहिता पालनाको अवस्थाबारे बिहिबार उपत्यकामा सक्रिय पत्रकार र नेपाल पत्रकार महासङ्घका काठमाडौँ उपत्यकामा रहेका विभिन्न शाखा र प्रतिष्ठान शाखाका प्रतिनिधिसँग प्रेस स्वतन्त्रता र आचारसंहिता विषयक अन्तरक्रिया गरेको छ । काउन्सिलको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिको आयोजनामा भएको कार्यक्रममा संयोजक बालकृष्ण अधिकारीले सहजीकरण र सहभागीका जिज्ञासाको जवाफ दिनुभएको थियो ।अन्तरक्रियामा सहभागीले श्रमजीवी पत्रकारको पारिश्रमिक समस्या सामाजिक सुरक्षा समस्या मात्रै नभइ सञ्चार माध्यममा पत्रकार आचारसंहिता पालनाको अवस्था कमजोर भएको बताएका छन् । कार्यक्रममा बोल्ने अधिकांशले श्रमजीवी पत्रकारको पारिश्रमिक समस्या सामाजिक सुरक्षा समस्या मात्रै नभइ सञ्चार माध्यममा पत्रकार आचारसंहिता पालनाको अवस्था कमजोर भएको बताएका हुन् । उनीहरुले काउन्सिलको अनुगमन प्रक्रिया प्रभावकारी बनाउँदै आचारसंहिता पालना नभएका सञ्चार माध्यमलाई कडिकडाउ गर्नुपर्नेमा जोड दिए । वक्ताहरुले प्रेस काउन्सिलको काम कारबाही र प्रभावकारिताका विषयमा खुलेर धारणा राखेका थिए । काउन्सिलले सञ्चार माध्यममा प्रत्यक्ष उपस्थिति देखाउन सके अनुगमन कार्य अझै प्रभावकारी हुने उनीहरुको भनाइ थियो ।
काउन्सिलका सदस्य नकुल अर्यालले आचारसंहिता पालनामा एकअर्कालाई दोषारोपण गर्नुभन्दा सहकार्य गरेर समस्या समाधान गर्न सकिने बताउनुभयो ।सदस्य पदम राज जोशीले सञ्चार माध्यमसँगको सहकार्यमा नै काउन्सिल अगाडि बढ्ने बताउनुभयो ।सदस्य विजयराज अधिकारीले पत्रकार आचारसंहिता, पत्रपत्रिका वर्गीकरण र पुरस्कार वितरणको विषयमा पर्याप्त छलफल र सरोकारवालाका सुझावअनुसार काम भइरहेको उल्लेख गर्नुभयो ।सदस्य शन्तराम बिडारीले पत्रकार आचारसंहिताको पालनाबाट नै पत्रकारिताका सबै समस्या समाधान हुने बताउनुभयो ।यस्तै नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य श्रमजीवी पत्रकारका समस्या समाधानका लागि महासङ्घले कार्य गरिरहेको बताउनुभयो । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलबाट भएको प्रेस स्वतन्त्रता र आचारसंहिता अनुगमनको अवस्थाबारे तथ्याङ्कसहित प्रस्तुत गर्नुभएको थियो ।
वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले स्वागत एवं विषयवस्तुमाथि प्रकाश पार्नुभएको कार्यक्रममा कार्यक्रममा सूचना तथा प्रशारण विभागका अधिकृत शान्ति लामा, पत्रकारहरु समिर बलामी, सलोजा दाहाल, शोभा अर्याल, टेनिस रोका, माधव तिवारी, अनिल बोगटी, कृष्ण लिम्बु, सरोज ढुंगेल, सुरेन्द्र शिल्पकार, शंकर खनाल, भगवती तिमल्सेना, हरि भेटवाल, यमन पौडेल, भुषण पोखरेल, रमेश वाग्ले, यशोदा अधिकारी लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/11/13/11239/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १४:३३रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा
समाचार२०८३ भाद्र १०, बुधबार १४:२०गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन







