क्लासिक सिनेले गर्यो चलचित्र संग्रहालयका लागि EX3 क्यामेरा हस्तान्तरण

क्लासिक सिनेले गर्यो चलचित्र संग्रहालयका लागि EX3 क्यामेरा हस्तान्तरण

काठमाडौँ। नेपाली चलचित्र छायांकन तथा पोस्ट प्रोडक्सनमा उल्लेखनीय योगदान दिइरहेको क्लासिक सिने युनिभर्सले आफ्नो संस्थागत पहिचान र योगदानको प्रतीकस्वरूप प्रयोगरत PMW Sony EX3 क्यामेरा चलचित्र विकास बोर्डलाई हस्तान्तरण गरेको छ।

‘दुलही’, ‘सौर्य’, ‘हातमा लाग्यो शून्य’, ‘कसम’, ‘नमस्ते’ लगायतका दर्जनौँ चर्चित नेपाली चलचित्रको छायांकनमा प्रयोग भएको क्यामेरा संस्थाको २५ वर्षे सफल यात्राको अवसरमा चलचित्र संग्रहालय (Film Museum) मा प्रदर्शित गर्नका लागि प्रदान गरिएको हो।

सन् २०५७ साल कार्तिकमा स्थापना भएको क्लासिक सिने युनिभर्सले २५ वर्ष पूरा गरेको अवसरमा सञ्चालक दिनेेश
कुमार महराले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई उक्त क्यामेरा औपचारिक रूपमा हस्तान्तरण गरे।

कार्यक्रममा क्लासिक सिने युनिभर्स का चेयरम्यान दिनेेश कुमार महरा, प्रोडक्सन डिजाइनर प्रकाश हमाल तथा अन्य चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।

चलचित्र विकास बोर्डले यस योगदानलाई नेपाली चलचित्र इतिहास संरक्षण र चलचित्र संग्रहालयको विकासमा महत्वपूर्ण सहयोगका रूपमा लिएको जनाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   8   =  

Protected by Spam Master