बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौ वार्षिक साधरणसभा सम्पन्न

पोखरा । बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको तेह्रौ साधारणसभा शनिवार एक कार्यक्रमका बिच पोखरामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जयराम आचार्यको अध्यक्षता तथा बागलुङ समाज पोखराका पुर्व अध्यक्ष भिम बहादुर श्रीषको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीषले अहिले बजारमा सहकारीप्रति जुन रुपमा नकरात्मक हल्ला फैलिएको छ तेस्तो हाल्लालाई चिर्नको लागि पनि बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था स्वस्छ रुपमा अगाडी बढ्न सकोस भन्दै शुभकामना दिनुभएको थियो।
संचालक समिति अध्यक्ष जयराम आचार्यले संस्थाको सम्पूर्ण गतिबिधि वारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा रहेको गुनासोहरु सुनिएको छ तेस्तो हल्लाको पछाडि नलागिकन बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारीमा निर्धक्क भै बचत तथा ऋण कारोबार गर्न सम्पूर्ण शेयर सदस्य तथा वचत कर्ताहरुलाई आग्रह गर्नुभएको थियो । संस्थाका संस्थापक अध्यक्ष अमृतलाल श्रेष्ठले जुन उद्देश्य र लक्षका साथ संस्था दर्ता गरिएको थियो सोहि अनुरुप अगाडि बढ्डै जावस भन्दै शुभकामना दिनुभयो ।

निवर्तमान अध्यक्ष तथा बर्तमान सल्लाहकार बिष्णुकुमार श्रेष्ठले सम्पूर्ण सेयर सदस्यहरुलाई संस्थाप्रतिको उत्तरदाईत्व बोध गराउनुभएको थियो। बगलुङ समाजका अध्यक्ष तथा संस्थाका सल्लाहकार ठाकुर प्रसाद सापकोटा, बागलुङ समाज पोखराका पुर्व अध्यक्ष तथा बागलुङ समाजका पुर्व अध्यक्ष कुलचन्द्र शर्मा जयबहादुर खत्री लगाएतले आ-आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो।

उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण पौडेलले स्वागत मन्तब्य महिला उपसमिति संयोजक रमना किरण श्रेठले सहकारीका सात सिद्धान्त वाचन तथा सचिव महेन्द्र ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष, तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरि सर्वसहमतिमा पारित गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन








