नेपाल चलचित्र निर्माता संघमा श्रीधर पौडेल निर्विरोध चयन

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको आगामी कार्यकालका लागि नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवार सूचीअनुसार केही पदाधिकारी यसपटक पनि निर्विरोध निर्वाचित भएका छन्।
शनिबार उम्मेदवारी दर्ता बन्द भएपछि दाबी–विरोधका लागि कार्तिक ३० गते दिउँसो २ बजेसम्म समय तोकिएको समितिले जनाएको छ। सोही प्रक्रियाअन्तर्गत कोषाध्यक्ष पदका उम्मेदवार रामप्रसाद रिजाल निर्विरोध बनेका छन्।
त्यसैगरी कार्यसमिति सदस्यमा सात मात्र उम्मेदवारी परेकाले सबैजना स्वतः निर्वाचित भएका छन्। निर्विरोध हुने सदस्यमा निम्न छन्ः
श्रीधर पौडेल – स्वर्णीम कम्युनिकेशन प्राली
चुम्बन जंङ्ग शाही – फिल्म मेकर्स प्राली
टंकबहादुर बुढाथोकी – टंक बुढाथोकी प्रोडक्सन प्राली
मनोजकुमार अधिकारी – विन्ध्यबासिनी क्रिएशन प्राली
प्रवीण कार्की – मिडिया पोर्ट प्राली
घनेन्द्र थपलिया – वीर गोर्खाली फिल्म्स प्राली
राजकुमार पण्डित – रेडआई फिल्म्स प्राली
कुन पदमा हुन्छ प्रतिस्पर्धा ?
यसपटक अध्यक्ष पदमा सुनिलकुमार थापा र उदय सुब्बाबीच प्रतिस्पर्धा हुने भएको छ।
उपाध्यक्ष पदमा तीन उम्मेदवारः
ज्योतीराज राई
दिपेन्द्र के. खनाल
रौनकविक्रम कडेल
(यीमध्ये दुईजना उपाध्यक्ष बन्नेछन्।)
महासचिव पदमा :
किरण नेपाली
खगेन्द्र प्रसाद लामिछाने
सचिव पदमा :
युवराज गिरी
कृष्णप्रसाद पोखरेल (किसान पोखरेल)
को हुन् श्रीधर पौडेल ?
लामो समयदेखि नेपाली फोटो पत्रकारितामा सक्रिय श्रीधर पौडेल ‘कान्तिपुर दैनिक’, ‘अनलाइनखबर’, ‘नयाँ पत्रिका’, ‘नागरिक दैनिकको शुक्रवार’ लगायत प्रमुख सञ्चारमाध्यममा फोटो पत्रकारका रूपमा काम गरिसकेका अनुभवी व्यक्तित्व हुन्।
हाल मेरोफिल्म डटकमका सम्पादक तथा प्रबन्ध निर्देशक उनी पत्रकारितासँगै चलचित्र निर्माणमा पनि समान रुपमा सक्रिय छन्।
उनले बनाएका प्रमुख फिल्महरूः
‘गोपी’ – किसानको आवाजलाई बलियो ढंगले उठान गर्ने सामाजिक विषयवस्तु
‘बहाव’ – फरक स्वाद र कथा शैलीको फिल्म
‘मुना–मदनको ब्रेक अप’ – छायांकनमा जाने तयारीमा रहेको नयाँ प्रेमकथा
सञ्चार, सिनेमा र सिर्जनात्मक क्षेत्र तीनैमा योगदान दिँदै आएका पौडेललाई यसपटक निर्माता संघको कार्यसमिति सदस्यमा निर्विरोध चयन गरिएको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार १०:४१चलचित्र ‘कुम्भ’ को एक्सन प्याक ट्रेलर सार्वजनिक
खेलकुद२०८३ जेष्ठ ११, सोमबार २३:१०पलेशाले दिलाइन् नेपाललाई कास्य









